२०८३ बैशाख १० गते , विहीबार

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ

sajilo news
झापा
२०८१ जेष्ठ १५ गते , मंगलबार
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक वर्षको आय-व्ययको अनुमान विवरण पेश गरेका हुन्।

कूल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

सम्बन्धित समाचार