२०८३ बैशाख १० गते , विहीबार

झापा गाउँपालिकाको बजेट ४९ करोड ४३ लाख

sajilo news
झापा
२०८१ असार १० गते , सोमबार
झापा गाउँपालिकाको बजेट ४९ करोड ४३ लाख

झापा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमसहित वार्षिक बजेट गाउँसभाले सर्वसम्मत स्वीकृत गरेको छ ।झापा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना यो आर्थिक वर्षमा ४७ लाख १२ हजार दुई सय रुपैयाँको कम बजेट आएको हो ।

झापा गाउँपालिकाको सभा हलमा भएको १६औं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ सङ्घीय राजश्व बाँडफाँटतर्फ १० करोड ३९ लाख , सङ्घीय सशर्त अनुदान २१ करोड ७३ लाख , सङ्घीय समानीकरण अनुदान ११ करोड ७४ लाख , सङ्घीय समपूरक अनुदान ७६ लाख , प्रदेश समानीकरण अनुदान ७३ लाख ४१ हजार , प्रदेश राजश्व बाँडफाँटमा ४४ लाख ७९ हजार , घरजग्गा रजिस्ट्रेसन दस्तुरमा ५० लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार , प्रदेश समपूरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ५० लाख रुपैयाँ गरी ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ अनुमानित आय हुने बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले व्ययतर्फ चालु खर्च शीर्षकमा सम्पूर्ण क्रियाकलापहरूका लागि एकमुष्ट रु ६ करोड ६९ लाख रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्चमा आर्थिक विकासतर्फ १ करोड ८४ लाख , पूर्वाधार विकासतर्फ १० करोड २८ लाख , वन वातावरण विपद् तथा सरसफाइतर्फ २१ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ ५५ लाख सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार , सङ्घीय सशर्त अनुदान २१ करोड ७३ लाख , सङ्घीय समपूरक अनुदान ७६ लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार गरी जम्मा अनुमानित व्यय रु ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ हुने बजेटमा उल्लेख छ ।

सम्बन्धित समाचार