२०८३ बैशाख १० गते , विहीबार

हल्दीबारी गाउँपालिकाको ४८ करोड ६९ लाख

sajilo news
झापा
२०८१ असार १० गते , सोमबार
हल्दीबारी गाउँपालिकाको ४८ करोड ६९ लाख

हल्दीबारी । हल्दीबारी गाउँपालिकाको नीति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०८१/०८२ को बजेट गाउँ सभाले सर्व सम्मत स्वीकृत गरेको छ ।  पालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा वार्षिक आय व्यय समेटिएको बजेट गाउँ सभाले अनुमोदन गरेको हो  ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा सुरु भएको १७ औं गाउँसभालाई प्रदेशसभा सदस्य छविलाल चुँडाल, वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नम्बर ३ का अध्यक्ष विष्णुप्रसाद ओली र कार्यपालिका सदस्य शान्ता सिवाकोटीले सम्बोधन गरेका थिए । 

आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि ४८ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । चालु आर्थिक २०८०/०८१ मा वर्षमा ४८ करोड ६९ लाख १० हजार ३२३ रुपैयाँ ७४ पैसाको  बजेट रहेकोमा आगामी आर्थिक वर्ष २० लाख २९ हजार ६७६ रुपैयाँ २६ पैसा बढाएर अनुमानित बजेट ल्याएको हो ।

सम्बन्धित समाचार