२०८३ बैशाख ४ गते , शुक्रबार
नेपाली सेनाको स्वास्थ्य परीक्षण
झापा । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा एकदिने स्वास्थ्य शिविर बुधवार सम्पन्न भएको छ । मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोगमा सेनाका अधिकृत र जवानहरूको आँखा जाँच गरिएको हो । मेची आँखा अस्पतालका युवराज बोहोरा , कविता कार्कीलगायतका स्वास्थ्यकर्मीहरुले आँखा जाँच गरेका थिए ।
त्यस्तै झापाका वरिष्ठ नाक, कान , घाँटी रोग विशेषज्ञ डा. रणधीर राजवंशीले नाक, कान , घाँटीसम्बन्धी स्वास्थ्य जाँच गरेका थिए । आँखामा २१२ र नाक , कान , घाँटीमा ३० जना गरी २४२ जनालाई स्वास्थ्य जाँच गरिएको गणका गणपति प्राजु बस्न्यातले जानकारी दिए । उनले यस किसिमको सहकार्यमा नेपाली सेनाले निकट भविष्यमा दुर्गम स्थानहरूको पहिचान गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बताए ।