२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित

sajilo news
झापा
२०८१ असार २० गते , विहीबार
बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २ सय ५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरू लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । तथ्याङ्क अनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिए । 

पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजीवकृष्ण विष्टले बताए । 

स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिबद्धता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा लगायत वडाअध्यक्ष लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले हस्ताक्षर गरेका छन् ।  

बिर्तामोड नगरपालिकाले यस अघि धर्म, जातजाति, जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको सम्पूर्ण तथ्याङ्कसहितको 'स्वास्थ्य पार्श्वचित्र' पुस्तक समेत सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार