२०८३ बैशाख ४ गते , शुक्रबार
जंगली च्याउ खाँदा एकै परिवारका सातजना बिरामी
मकवानपुरको भीमफेदी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन्। भीमफेदी गाउँपालिका–६ स्थित उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तानसहित सातजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलीका छोरा ३२ वर्षीय बुद्धिबहादुर, उनकी श्रीमती ३० वर्षीया पासाङमाया, छोरा लासाङ स्याङ्तान बिरामी भएका छन्। यस्तै १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र ७ वर्षीया आरती पनि बिरामी परेका छन्।
च्याउ खाएपछि उनीहरू गएरातिदेखि बिरामी परेका थिए। प्रहरीका अनुसार मंलीमाया र लक्ष्मीमायाको उपचार हटौँडा अस्पतालमा उपचार भइरहेको छ। पाँच जनालाई थप उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको छ। सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।