२०८३ बैशाख ४ गते , शुक्रबार

ओमसाई अस्पतालमा बिमा कार्यक्रममार्फत आँखा उपचार सेवा पनि लागू

sajilo news
झापा
२०८१ असार ३१ गते , सोमबार
ओमसाई अस्पतालमा बिमा कार्यक्रममार्फत आँखा उपचार सेवा पनि लागू

भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा सुरु भएको आँखा उपचार (नेत्ररोग) सेवामा पनि बिमा कार्यक्रम लागू हुने भएको छ । अस्पतालको मागबमोजिम राष्ट्रिय बिमा बोर्डले यही असार २४ गते गरेको निर्णय अनुसार साउन १ गतेबाट आँखा उपचारमा पनि बिमा सेवा सुरु हुने भएको अस्पतालका निर्देशक बालकुमार पोखरेलले जानकारी दिए ।

अस्पतालले पछिल्लो पटक थपेको आँखा उपचार सेवाका लागि दक्ष विशेषज्ञ टोलीसहितको सेवा प्रवाह गर्न थाले पनि बिमा सेवा नहुँदा बिरामी अन्यत्रै जान बाध्य थिए । बिमा लागू भएपछि त्यो समस्या पनि हटेको निर्देशक पोखरेलको भनाई छ । जिल्लाका अन्य निजी अस्तालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि ओमसाईमा बिमा कार्यक्रममार्फत निरन्तर सेवा प्रदान हुँदै आइरहेको छ । 

सम्बन्धित समाचार