२०८३ बैशाख १० गते , विहीबार
प्रधानमन्त्री ओलीले भने-भारतसँग सहकार्य गर्न तयार छु
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले मिलेर काम गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गरेका छन्।
'शुभकामनाका लागि तपाईँप्रति आभार प्रकट गर्न चाहन्छु। पारस्परिक हित र नेपाल-भारत सम्बन्धलाई मजबुत बनाउन तपाइँसँग सहकार्य गर्न तयार छु। हाम्रो ऐतिहासिक सम्बन्धलाई हामी मिलेर नयाँ उचाइँ दिन सक्छौं,' सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई बधाई दिएका थिए। उनले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका थिए। दुई मुलुकका जनताको प्रगति र समृद्धिका लागि दुवै पक्षलाई लाभ हुनेगरी काम गर्नुपर्नेमा उनको जोड थियो।