२०८३ बैशाख ४ गते , शुक्रबार

बीएण्डसी अस्पतालमा गरे ४८ जनाले रक्तदान 

sajilo news
झापा
२०८१ श्रावण २८ गते , सोमबार
बीएण्डसी अस्पतालमा गरे ४८ जनाले रक्तदान 

बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ महिलासहित ४८ जनाले रक्तदान गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरिले जानकारी दिए ।

झापामा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको र उक्त रक्तदान कार्यक्रममा सञ्चारकर्मी नेत्र विक्रम बिमलीले ११६ औं पटक रक्तदान गरेको रक्तसञ्चार केन्द्र झापाका इन्चार्ज शिशिर दाहालले बताए ।  नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार झापाको प्राविधिक सहयोग भएको कार्यक्रम अस्पतालका कर्मचारी एवं त्यहाँ पुगेका सर्वसाधारण रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार