२०८३ बैशाख १० गते , विहीबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ

sajilo news
काठमाडौं
२०८१ श्रावण ३१ गते , विहीबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँ

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। आजराती १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ। 

घटेको मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको जनाइएको छ।

सम्बन्धित समाचार