२०८३ बैशाख १० गते , विहीबार

भित्रियो एक वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

sajilo news
काठमाडौं
२०८१ भाद्र २ गते , आईतबार
भित्रियो एक वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ। 

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

सम्बन्धित समाचार