२०८३ बैशाख ४ गते , शुक्रबार

नोबेल अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

sajilo news
मोरङ
२०८१ भाद्र ५ गते , बुधबार
नोबेल अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

नोबेल शिक्षण अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्छ ।
शिशु कसले जन्माएर फालेको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको बस्नेत बताउँछन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार