२०८३ बैशाख १३ गते , आईतबार
पाटनको कृष्णमन्दिरमा श्रद्धालुको भीड
कृष्ण जन्माष्टमीको अवसरमा ललितपुरस्थित कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। भक्तजन एकाबिहानैदेखि दर्शनका लागि लामबद्ध छन्। भाद्र कृष्ण अष्टमीको मध्यरातमा भागवान् कृष्णको जन्म भएको पौराणिक मान्यता छ। यो दिन भगवान् कृष्णको पूजाअर्चना तथा माहत्म्य पाठ गर्नाले पुण्य मिल्ने विश्वास छ।