२०८३ बैशाख १३ गते , आईतबार

विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै, आज कोशी प्रदेशमा सार्वजनिक बिदा

sajilo news
झापा
२०८१ भाद्र ११ गते , मंगलबार
विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै, आज कोशी प्रदेशमा सार्वजनिक बिदा

मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ। यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ।

विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ । रथयात्रालाई लक्ष्य गरी उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ। ​कोशी प्रदेशमा सार्वजनिक बिदा छ। 

सम्बन्धित समाचार