२०८३ बैशाख १३ गते , आईतबार

भद्रपुरमा भव्य रुपमा श्रीकृष्ण रथयात्रा सम्पन्न

sajilo news
झापा
२०८१ भाद्र ११ गते , मंगलबार
भद्रपुरमा भव्य रुपमा श्रीकृष्ण रथयात्रा सम्पन्न

भद्रपुर ।  झापा जिल्लाको सदरमुकाम भद्रपुरमा २२ औं श्रीकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । जिल्लाकै पहिलो श्रीकृष्ण रथयात्रा (श्रीकृष्ण भगवान् सवार रथ) को विशेष पूजा अर्चनापश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट दिउँसो २ बजेदेखि शुरू गरिएको हो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रमुख प्रकाशकीय अधिकृत सुनिल निरौला लगायतले श्रीकृष्ण भगवान् सवार रथको पूजाआर्चना गरेका थिए । 

यस वर्ष भद्रपुरसहित झापाका दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकालिएको छ । भद्रपुरको रथयात्राका लागि भारत विहारको फारविसगञ्जबाट बोलाएको १४ जनाको टोलीले श्रीकृष्ण ताण्डव नृत्य प्रस्तुत गरेका थिए । विभिन्न झाँकीसहित निकालिएको रथयात्रा भद्रपुर नगरपालिका क्षेत्रका गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोकबाट भद्रपुर बजार हुँदै पुनः लक्ष्मीनारायण मन्दिरमा पुगेर समापन भएको थियो । रथयात्रामा उल्लेखिय सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार