२०८३ बैशाख ४ गते , शुक्रबार

डेंगु सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र २२ गते , शनिबार
डेंगु सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु

झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् ।

बिर्तामोडमा उपचार सम्भव नभएपछि ती बालकलाई उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईँले बताए । ती बालक न्यूटन्स एजुकेसन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसँगै यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

सम्बन्धित समाचार