२०८३ बैशाख १० गते , विहीबार

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

sajilo news
झापा
२०८१ भाद्र २६ गते , बुधबार
असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

आउँदो असोज १३ गतेदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने भएको छ।  राष्ट्र बैंकले आज एक सूचना जारी गरी असोज १३ देखि २२ गतेसम्म इजाजतप्राप्त बैंकका शाखा कार्यालयबाट समेत नोट सटही सुविधा प्राप्त हुने जानकारी गराएको हो। 

सूचनामा भनिएको छ, ुसाना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट आउँदो असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने छ। साथै इजाजतपत्र प्राप्त  बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटकी गर्ने व्यवस्था मिलाइएको जानकारी गराइन्छ। पायक पर्ने ठाउँबाट नोट साट्न सकिने छ।ु

सम्बन्धित समाचार