२०८३ बैशाख १० गते , विहीबार

नेकपा (एस) भद्रपुर नगर कमिटीको सङ्गठन निर्माण तथा सम्मान कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८१ भाद्र २८ गते , शुक्रबार
नेकपा (एस) भद्रपुर नगर कमिटीको सङ्गठन निर्माण तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजी भद्रपुर नगर कमिटीले नगर सभा, शपथग्रहण, भातृ सङ्गठन निर्माण तथा सम्मान कार्यक्रम एक साथ सम्पन्न भएको छ ।

भद्रपुरको नेपाल सामुदायिक विकास केन्द्रमा एकीकृत समाजी भद्रपुर नगर कमिटी अध्यक्ष पदम सुब्बा लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमबाट अखिल नेपाल महिला संघ (समाजवादी), युवा संघ नेपाल भद्रपुर नगर कमिटी घोषणा गरेको हो ।
कल्पना पोखरेलको अध्यक्षतामा ३३ सदस्य अनेम संघ (समाजवादी) भद्रपुर नगर कमिटी घोषण गरेको हो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय सदस्य चन्दा श्रेष्ठले जानकारी दिइन । अनेम संघ (समाजवादी) को उपाध्यक्षमा लक्ष्मी डाँगी, कमला शिवाकोटी, सचिवमा सुनिता लिम्बु, कोषाध्यक्षमा सविना हाँडा चयन भएको श्रेष्ठले बताइन ।
कमिटीको सदस्यहरूमा सुजता मादेन, सरला राजवंशी, रोजिया राई, मैया बस्नेत, दुर्गा पोखरेल( रेखा) खिना खवास, सरस्वती खत्री, पदमा रेग्मी, भगिरथा बस्नेत, मनिषा खाती, कल्पना पोखरेल, पवित्रा अधिकारी, इन्द्रमाया आङदाङ (लिम्बु), चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा ज्योतिमाया लिम्बु, मिरा तामाङ, नन्दमाया गिरी, कान्ता खनाल, इन्द्रमाया खाती, धनवती राजवंशी, मालती राजवंशी, आयुशा शाक्य, रोजिना बोगटी, पूजा क्षेत्री गङ्गा लामा तामाङ, रोजिना भारती, रेस्मा भारती चयन भएका हुन ।

साथै सोही कार्यक्रमबाट नरबहादुर थापा (नरु) को अध्यक्षतामा ७ सदस्य युवा संघ नेपाल भद्रपुर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव बिपी भट्टराईले बताए ।

कार्यक्रममा पुराना कम्युनिस्ट नेता, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजजीका केन्द्रीय परिषद् सदस्य विष्णु सिवाकोटीलाई सम्मान गरिएको थियो । केही समय अगाडी पार्टीमा नयाँ सदस्यता लिएका २ सय ७७ जनालाई शपथ ग्रहण गराइएको भद्रपुर नगर कमिटी अध्यक्ष पदम सुब्बा लिम्बु)ले बताए ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य अशेष घिमिरे, केन्द्रीय सदस्यहरू पुष्प पोखरेल,चन्दा श्रेष्ठ, नीलमणि बराल जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, उपाध्यक्ष वासु दुलाल लगायत आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार