२०८३ बैशाख १३ गते , आईतबार

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

sajilo news
झापा
२०८१ भाद्र ३१ गते , सोमबार
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती सोमबार भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। 

सूचनामा भनिएको छ,‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन्। ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ। पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ। 

सम्बन्धित समाचार