२०८३ बैशाख ७ गते , सोमबार
रामजानकी विवाहपञ्चमीमा अयोध्याबाट जनकपुर जन्ती आउने
रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट मंसिर १८ गते जन्ती आउने भएको छ। साढे ५ सयभन्दा बढीको संख्यामा आउने जन्तीको स्वागतलगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको जनाइएको छ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यसै तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षीय बैठक गरिएको हो। विश्व हिन्दु परिषद्का अन्तरराष्ट्रिय महामन्त्री राजेन्द्रसिंह पंकज, रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत रायलगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए। जन्तीमा सन्त महन्थ र विश्व हिन्दु परिषद्का अधिकारीहरु सहभागी रहनेछन्।
मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ। मंसिर २१ गते विवाहपञ्चमी रहेको छ। अयोध्याबाट आएको जन्ती मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।