स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलनलगत्तै गणना
निर्वाचन आयोगले देशका विभिन्न क्षेत्रमा भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। साहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदान सकिएको र मतदानमा करिब ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
मतदान शान्तिपूर्ण भएको पनि उनले बताए। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्। मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने आयोगले जनाएको छ।