२०८३ बैशाख ४ गते , शुक्रबार

हल्दिबारीमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर सुरु

sajilo news
झापा
२०८१ मंसीर २१ गते , शुक्रबार
हल्दिबारीमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण शिविर सुरु

झापाको हल्दिबारीमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ ।

बिहीबार हल्दिबारी गाउँपालिका ४ बाट शिविर सुरु भएको हो । आज वडा नम्बर ३ मा शिविर सञ्चालन हुने जनाइएको छ । प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा वडा भित्रका नयाँ पुराना गरी पहिलो दिन ३१ जना महिला, ३३ जना पुरुष गरी जम्मा ६४ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवम् कार्ड वितरण गरिएको छ । स्वास्थ्य परीक्षण पश्चात् १ जनालाई रातो, २ जनालाई निलो, २ जनालाई पहेँलो र १ जनालाई सेतो कार्ड वितरण गरियो । कार्यक्रममा मेडिकल अफिसर सहित स्वास्थ्यकर्मीहरूले आँखा, कान परीक्षणसहित फिजियोथेरापी सेवा पनि प्रदान गरेका थिए।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, ४ नम्बर वडा अध्यक्ष सन्तकुमार थापा, योजना शाखा प्रमुख राजन न्यौपाने, करुणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइराला, वडा सदस्य भागिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज लगायतको उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन्। मङ्सिर २२ गते २ नम्बर वडा, २३ गते १ नम्बर वडा र २४ गते ५ नम्बर वडामा शिविर सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार