२०८३ बैशाख ४ गते , शुक्रबार

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

sajilo news
झापा
२०८१ मंसीर ३० गते , आईतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको जानकारी दिएको हो।

निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ। 

निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्नेछ।

सम्बन्धित समाचार