२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडकाे पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गामा राजश्वकाे छापा

sajilo news
झापा
२०८१ पौष ४ गते , विहीबार
बिर्तामोडकाे पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गामा राजश्वकाे छापा

बिर्तामोड । राजश्व अनुसन्धान कार्यालय इटहरीले झापा बिर्तामोडको दुईवटा पसलमा छापा मारेको छ ।

भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा टायल्समा छापा मारेको हो । टोलीले ती दुईवटा पसलको स्टक बुकलगायतका कागजपत्र लिएर गएको छ ।

टोलीले पसलमा सिल गर्न खोज्दा आफूहरुले रोकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । ती पसलका बारेमा अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय इटहरीका एक अधिकृतले जानकारी दिए।

सम्बन्धित समाचार