२०८३ बैशाख १४ गते , सोमबार

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ

sajilo news
एजेन्सी
२०८१ पौष ६ गते , शनिबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ

वासिङ्टन । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डिओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भने, ‘हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौँ । आइएसआइएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनुअघि नै त्यहाँ थिए ।’

नोभेम्बर २७ मा हयात तहरीर अल-शाम (एचटिएस) को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरूविरुद्ध ठूलोमात्रामा आक्रमण सुरु गरेका थिए । आक्रमणलगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।

डिसेम्बर ८ मा तिनीहरू दमास्कस प्रवेश गरेलगत्तै असदले राजीनामा दिएको र देश छाडेका थिए। यसले सिरियामा अल-असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भएको छ ।

डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखका रूपमा आफ्नो नियुक्ति घोषणा गरेका छन् । रासस/एएनआई ।
 

सम्बन्धित समाचार