२०८३ बैशाख १४ गते , सोमबार

अमेरिकाले ताइवानलाई सैन्य सहयोग गरेपछि भडकियो चीन, आगोसँग नखेल्न चेतावनी

sajilo news
एजेन्सी
२०८१ पौष ८ गते , सोमबार
अमेरिकाले ताइवानलाई सैन्य सहयोग गरेपछि भडकियो चीन, आगोसँग नखेल्न चेतावनी

ताइवानलाई अमेरिकाले सैन्य सहयोग गरेपछि चीन भड्किएको छ।  ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको चीन अमेरिकाले सहयोग गरेपछि भड्किएको हो। उसले अमेरिकी सहयोग ‘एक चीन’ सिद्धान्तको विरुद्धमा रहेको भन्दै आगोसँग नखेल्न चेतावनीसमेत दिएको छ। 

शुक्रबार अमेरिकाले ताइवानलाई ५७ करोड डलरभन्दा बढीको सैन्य सहायता र साढे २९ करोड डलरको हतियार बिक्रीको सहमति दिएको थियो। यसपछि चिनियाँ विदेश मन्त्रालय र स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयले अमेरिकाको चर्को आलोचना गरेको छ। चिनियाँ रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बेच्ने र आर्थिक मद्दत गर्ने निर्णयको निन्दा गरेको छ। चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ रक्षा मन्त्रालयले ताइवानलाई सहयोग गर्ने अमेरिकी घोषणाको आलोचना गर्दै यस्तो निर्णय स्वीकार्य नहुने बताएको छ। 

तर, अमेरिकाले ताइवानलाई यसअघि पनि हतियार बेच्दै आएको छ । अमेरिकाले सबैभन्दा बढी हतियार बेच्ने देशको चौथो नम्बरमा ताइवान पर्छ। अमेरिकाले पहिलोमा साउदी अरब, दोस्रोमा इजरायल, तेस्रोमा जापान र चौथोमा सबैभन्दा धेरै ताइवानलाई हतियार बेच्दै आएको छ। 

चीनले ताइवानमा दुई वर्षयता आफ्नो सक्रियता बढाएको छ भने पटकपटक ताइवानको जल र आकाश क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।

सम्बन्धित समाचार