२०८३ बैशाख १४ गते , सोमबार

करेन्ट लागेर श्रीलंकामा ५० जंगली हात्ती मरे

sajilo news
एजेन्सी
२०८१ पौष १० गते , बुधबार
करेन्ट लागेर श्रीलंकामा ५० जंगली हात्ती मरे

श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन विद्युत् बोर्ड (सीईबी) जनाएको छ।  सीईबीले देशको जैविक विविधताको प्रतीक जंगली हात्ती मानव गतिविधिका कारण लोप हुने जोखिम अत्यधिक बढेको जनाएको छ। 

सीईबीले पहिले नै यस्तो अवैध काम रोक्न कैयौँ कदम उठाएको छ। जंगली हात्तीहरूको संरक्षणका लागि सर्वसाधारणको सहयोगको अपेक्षा सीईबीले गरेको छ। सन् २०२३ मा श्रीलंकामा ९० वटा जंगली हात्तीको मृत्यु भएको तथ्याङ्क छ।

सम्बन्धित समाचार