२०८३ बैशाख ७ गते , सोमबार

आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

sajilo news
झापा
२०८१ पौष १५ गते , सोमबार
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन्। तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका  नेताले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन्। 

सम्बन्धित समाचार