‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ का लागि ९ उपसमिति गठन
बिर्तामोड । ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गरिएको छ भने विभिन्न नौ वटा उपसमिति गठन गरिएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय स्तरमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्धन गर्न बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरिएको छ ।
व्यापार महोत्सवलाई सफल बनाउन यस अघि थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । सोही समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले विस्तार गरेको हो भने अन्य नौ वटा उपसमिति गठन गरेको हो ।
महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
सोही समितिको सदस्यहरूमा सदस्यहरूमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघन प्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।
त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई रहेकी छिन् भने सदस्यहरूमा कृष्णप्रसाद बजगाईँ, युवराज कार्की पर्वत र सुशीला कुमारी कार्की रहेका छन् । यता संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उप समिति , निर्मल भट्टराईको संयोजकत्वमा बैङ्क वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उप समिति गठन गरिएको छ ।
त्यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विश्वेश्वर प्रसाद बजगाईँ सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उप समिति गठन गरिएको छ । जीवन कुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको हो ।
सचिवालय व्यवस्थापन ÷विद्युत् प्राधिकरण संयोजन उप समितिको संयोजकमा पुकार बराल र सदस्यहरूमा राजु गौतम तथा रुद्रप्रसाद भुर्तेल रहेका छन् ।
दैनिक कारोबार तथा टिकट व्यवस्थापन उप समितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।
यता तिलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता , केदार खनाल, सुशीलाकुमारी बस्नेत रहेका छन् ।
स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाईँ संयोजक रहेका छन् । महोत्सव बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा आयोजनामा गर्न लागिएको हो ।