२०८३ बैशाख १४ गते , सोमबार

११ किलो सुनसहित तीनजना पक्राउ

sajilo news
एजेन्सी
२०८१ पौष २१ गते , आईतबार
११ किलो सुनसहित तीनजना पक्राउ

कोलम्बो ।  श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ। उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ। उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानुनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ। 

अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो।  

सम्बन्धित समाचार