२०८३ बैशाख ४ गते , शुक्रबार

सरकारले बढायो सार्वजनिक यातायातको भाडा दर, कहाँ कति बढ्यो ?

sajilo news
झापा
२०८१ पौष २२ गते , सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा दर, कहाँ कति बढ्यो ?

सरकारले आज सोमवारदेखि नै लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गरी यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो। विभागले अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधको भाडा बढाएको हो।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जानकारी दिएको छ। 

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा भएको मूल्यवृद्धि तथा सरोकारवाला पक्षसँगको परामर्शमा सार्वजनिक यातायातका सवारी साधनको भाडा बढाइएको विभागको दावी छ। यसअघि सरकारले २०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो।

यहाँ क्लिक गरेर हेर्नुहोस कहाँ कति बढ्यो ?

सम्बन्धित समाचार