२०८३ बैशाख १४ गते , सोमबार
भूकम्प अपडेट : मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते
चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ। साथै ६२ जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ७ म्याग्निच्युडको भूकम्प गएको हो।
मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६।८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पको धक्का नेपालसम्म महसुस गरिएको थियो।