२०८३ बैशाख ४ गते , शुक्रबार

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

sajilo news
झापा
२०८१ माघ २ गते , बुधबार
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

सम्बन्धित समाचार