२०८३ बैशाख ४ गते , शुक्रबार

मूल्यवृद्धिको विरोधमा व्यवसायीले रोके राजमार्गमा सिमेन्ट र क्लिङकर बोकेका ट्रकहरु

sajilo news
मोरङ
२०८१ माघ ३ गते , विहीबार
मूल्यवृद्धिको विरोधमा व्यवसायीले रोके राजमार्गमा सिमेन्ट र क्लिङकर बोकेका ट्रकहरु

सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्यवृद्धि गरेको विरोधमा हार्डवेयर व्यवसायीहरूले चक्काजाम गरेका छन् । सुनसरीको कोशी गाउँपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत धर्मकाँटामा सुनसरी हार्डवेयर व्यवसायी सङ्घर्ष समितिका संयोजक माधव पाठकको नेतृत्वमा हार्डवेयर व्यवसायीहरू भेला भई पश्चिमतर्फबाट आएका सिमेन्ट र क्लिङकर बोकेका ट्रकहरूलाई अवरोध गरेका हुन् । उनीहरूले १२–१३ वटा ट्रकहरू रोकिराखेको प्रहरीले जनाएको छ ।

सङ्घर्ष समितिका अनुसार आज सुनसरीको सबै नाकाहरूमा बिहान ७ देखि बेलुका ५ बजेसम्म सिमेन्ट ढुवानी गरेर आएका ट्रकहरू रोकेर राख्ने र भोलिदेखि सिमेन्ट ढुवानी गरेर आएका ट्रकहरूलाई समस्या समाधान नहुन्जेलसम्मको लागि रोकेर राख्ने विरोध कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार