२०८३ बैशाख १४ गते , सोमबार

दक्षिण सुडानमा झडप, सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ माघ ४ गते , शुक्रबार
दक्षिण सुडानमा झडप, सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै हाल झाडीमा लुकेका छन् । ‘बुधबार साँझ पनि लडाइँ जारी थियो । लडाइँ भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।’

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप शुरु भएको बताए ।

कउङका अनुसार, एसपीएलए–आईओ बलहरू मंगलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीनजना घाइते भएका हुन्। 

सम्बन्धित समाचार