२०८३ बैशाख १४ गते , सोमबार
भारतको तमिलनाडुमा साँढे जुधाउने क्रममा सातजनाको मृत्यु, ४०० जना घाइते
दक्षिणी भारतमा साँढे जुधाउने प्रतियोगिता (बुल फाइट) का क्रममा सातजना मारिएका छन्। अन्य ४०० भन्दा बढी घाइते भएका छन्।
दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा बिहीबार आयोजित साँढे जुधाउने कार्यक्रममा सातजनाको ज्यान गएको सञ्चारमाध्यमले जनाएका छन्।
शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा मालिकको समेत मृत्यु भएको छ। छुट्टाछुट्टै घटनामा दुई साँढे पनि मरेका छन्।
अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन्।