२०८३ बैशाख १० गते , विहीबार

महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, मृतकका परिवारलाई २५ लाख दिने घोषणा

sajilo news
एजेन्सी
२०८१ माघ १६ गते , बुधबार
महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, मृतकका परिवारलाई २५ लाख दिने घोषणा

भारतको प्रयागराज महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् । अधिकारीहरूका अनुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ ।

प्रशासनले साँझसम्म मृत्यु भएकाको सङ्ख्या बताएको थिएन । पछि डीआईजी वैभव कृष्णले पत्रकारहरुसंग भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ । जसमध्ये २५ जनाको पहिचान खुलिसकेको छ । ६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।’ उनले बेरा भत्किएर एकमाथि अर्को भक्तजन खस्दा सो दुर्घटना भएको जानकारी दिएका छन् । यता मुख्यमन्त्री योगी आदित्यनाथले मृतकको परिवारलाई २५ २५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् भने घटनाको बारेमा न्यायिक जाँच गरिने बताएका छन् । 

सम्बन्धित समाचार