२०८३ बैशाख १० गते , विहीबार

हमासले आज थप आठ बन्दी रिहा गर्दै, परेनन् विपीन जोशी

sajilo news
एजेन्सी
२०८१ माघ १७ गते , विहीबार
हमासले आज थप आठ बन्दी रिहा गर्दै, परेनन् विपीन जोशी

प्यालेष्टिनी हमास समूहले बिहीबार थप ८ जना बन्दी रिहा गर्दैछ । युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ। इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र  ८० वर्षका मोशे मोजेज रिहा हुनेछन्। पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन। 

गाजामा हमासको कब्जामा आठ थाइ बन्दी छन्। नेपालका एक र तान्जानियाका एक जना छन्। थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको बताइएको छ।  नेपाली नागरिक विपिन जोशीको अवस्था र रिहाबारे अहिलेसम्म केही खबर आएको छैन । 

सम्बन्धित समाचार