२०८३ बैशाख १० गते , विहीबार

टिकटकमा भिडियो बनाएको भन्दा बुबाले गरे छोरीको गोली हानी हत्या

sajilo news
एजेन्सी
२०८१ माघ १७ गते , विहीबार
टिकटकमा भिडियो बनाएको भन्दा बुबाले गरे छोरीको गोली हानी हत्या

टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ। अमेरिकामा बस्दै आएको परिवारलाई पाकिस्तानमा बोलाएर ती बुबाले छोरीको हत्या गरेको बीबीसीले जनाएको छ। 

पाकिस्तानको क्वेटामा १३ वर्षीया छोरी हीरा अनवरलाई हत्या गरेको प्रहरले जनाएको छ। उनका बुबा अनवर उल हकले प्रहरीसामु छोरीको हत्या गरेको स्वीकारेका हुन्। यसअघि उनले अज्ञात व्यक्तिहरूले गोली हानी हत्या गरेको बयान दिएका थिए। 

अनवरले छोरीले टिकटकमा पोस्ट गर्ने भिडियोहरूप्रति आपत्ति जनाउँदै आएका थिए। अमेरिकी नागरिकतासमेत रहेको उनले प्रहरी बयानमा भनेका छन्, 'छोरीले टिकटकमा हालेका भिडियोहरू आपत्तिजनक थियो।' अनवरले छोरीको पहिरन, जीवनशैली र सामाजिक जमघटमा आपत्ति जनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको परिवारमा २५ वर्षदेखि अमेरिकामा बस्दै आएको थियो।

सम्बन्धित समाचार