२०८३ बैशाख १० गते , विहीबार

हमासलाई शनिबारसम्म सबै बन्धक रिहा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

sajilo news
एजेन्सी
२०८१ माघ २९ गते , मंगलबार
हमासलाई शनिबारसम्म सबै बन्धक रिहा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

हमास समूहले युद्धविराम सम्झौताबाट पछि हट्ने संकेत गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक रिहा गर्न चेतावनी दिएका छन्। गाजाको हमास समूहले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाई स्थगित गर्ने बताएको थियो। यसलगत्तै राष्ट्रपति ट्रम्पले शनिबार १२ बजेसम्मको समय दिएर बन्धक सबै बन्धक मुक्त गरिसक्न चेतावनी दिएका हुन्। साथै उनले यसअघि जस्तो किस्ता किस्तामा नभई एकैसाथ सबैलाई छोड्न चेतावनी दिएको बीबीसीले जनाएको छ। ​

ट्रम्पले शनिबार १२ बजेसम्मको समय भने पनि कुन ठाउँको १२ बजे र दिउँसो वा रातिको १२ बजे भन्ने खुलाएका छैनन्। हमासले बन्धक रिहा नगरे के हुन्छ भन्ने बीबीसीको प्रश्नमा ट्रम्पले आफूले भन्न खोजेको कुरा हमासले पनि र सबैलाई थाहा पाइहाल्ने उल्लेख गरेका छन। ट्रम्पले शनिबारसम्मको डेटलाइन इजरायली प्रधानमन्त्रीको नभई आफ्नो भएको समेत बताए।

यसअघि हमासले विज्ञप्ति जारी गरी पछिल्लो तीन हप्तादेखि इजरायलले बारम्बार युद्धविराम सम्झौता उल्लंघन गरिरहेको र शर्तहरु पालना नगरेको भन्दै बन्धक रिहाई स्थगित गर्ने बताएको थियो। उसले इजरायलले विस्थापित प्यालेस्टाइनीहरुलाई उत्तरी गाजामा जान अवरोध गरिएको र कयौँ क्षेत्रमा गोलाबारी भइरहेको बताएको थियो।

सम्बन्धित समाचार