२०८३ बैशाख १४ गते , सोमबार

अस्पतालको आईसीयूमा गोली प्रहार, प्रहरीसहित दुईजनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ फाल्गुन ११ गते , आईतबार
अस्पतालको आईसीयूमा गोली प्रहार, प्रहरीसहित दुईजनाको मृत्यु

अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन्। एक व्यक्तिले अस्पतालको आईसीयूमा प्रवेश गरेर गोली चलाएको छ। आक्रमणकारी ह्यान्डगन र झोला लिएर  अस्पतालमा प्रवेश गरेका थिए।

आक्रमणकारी सिधै आईसीयूमा गएर गोली चलाएका थिए। गोली लागेर एक डाक्टर र एक नर्ससहित तीन कर्मचारी घाइते भएका छन्। 

घटनालगत्तै आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो। यस क्रममा एक प्रहरीको पनि मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

सम्बन्धित समाचार