२०८३ बैशाख ४ गते , शुक्रबार

ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

sajilo news
रासस
२०८१ फाल्गुन १४ गते , बुधबार
ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

लमजुङ । महाशिवरात्रिका अवसरमा लमजुङको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरेका छन् । महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने बत्ती बाल्ने चलन छ ।

सम्बन्धित समाचार