२०८३ बैशाख १० गते , विहीबार

सुडानमा विमान दुर्घटना, ४६ को मृत्यु

sajilo news
एजेन्सी
२०८१ फाल्गुन १४ गते , बुधबार
सुडानमा विमान दुर्घटना, ४६ को मृत्यु

कायरो । सुडानको ओमदुरमान शहरमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। सुडानका सेना र स्वास्थ्य अधिकारीहरूले उक्त जानकारी दिएका छन्। सेनाले एक विज्ञप्तिमार्फत 'एन्टोनोभ' विमान मंगलबार अबेर ओमदुरमानको उत्तरमा रहेको वादी सैयदना एयरबेसबाट उड्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ।

सेनाले उक्त दुर्घटनामा सैनिक र सर्वसाधारणको ज्यान गएको बताए पनि कति जनाको ज्यान गएको खुलासा गरेको छैन र दुर्घटनापश्चात्‌का कुनै जानकारी दिएको छैन। स्वास्थ्य मन्त्रालयले कम्तीमा १९ जनाको मृत्यु भएको जनाएको छ।

उनीहरूको शव अहिले ओमदुरमानमा पठाइएको छ। दुई बालबालिकासहित पाँच घाइते सर्वसाधारणलाई अस्पताल भर्ना गरिएको छ। सेना र अर्धसैन्य समूह ‘र्‍यापिड सपोर्ट फोर्स’बीच द्वन्द्व भएपछि सुडान २०२३ देखि गृहयुद्धमा फसेको छ।

अलजजीराका अनुसार ग्रेटर खार्तुमको एक हिस्सा रहेको उत्तरी ओमदुरमानको वादी सैयदना सैन्य विमानस्थलबाट उड्ने क्रममा एन्टोनोभ विमान मंगलबार ढिलो दुर्घटना भएको थियो। दुर्घटनामा अन्य १० जना पनि घाइते भएको बुधबार जनाएको छ।

स्वास्थ्य मन्त्रालयले ओमदुरमानको करारी जिल्लाको एउटा घरमा विमान खसेको भन्दै प्रारम्भिक मृत्यु हुनेको संख्या १९ रहेको बताएको थियो। मारिनेमा खार्तुमका वरिष्ठ कमाण्डर मेजर जनरल बहर अहमद पनि रहेको बताइएको छ। उत्तरी ओमदुरमानका बासिन्दाहरूले दुर्घटनाले शक्तिशाली विस्फोट भएको थियो। धेरै घरमा क्षति पुर्‍याएको र नजिकैका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिए।

सम्बन्धित समाचार