२०८३ बैशाख १० गते , विहीबार

ट्रम्पले हमासलाई दिए अन्तिम चेतावनी : सबै बन्धक तत्काल छोड, नत्र सिद्धिने छौं

sajilo news
एजेन्सी
२०८१ फाल्गुन २२ गते , विहीबार
ट्रम्पले हमासलाई दिए अन्तिम चेतावनी : सबै बन्धक तत्काल छोड, नत्र सिद्धिने छौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकलाई रिहा गर्न हमास समूहलाई अन्तिम चेतावनी दिएका छन्।  सामाजिक सञ्जाल सोसल ट्रुथमार्फत् ट्रम्पले बन्धकहरुको रिहाईका लागि आफूले अन्तिम चेतावनी दिएको भन्दै यदि उक्त कुराको बेवास्ता गरे हमासको कुनै पनि सदस्य सुरक्षित नहुने बताएका हुन्।

ट्रमपले लेखेका छन्-‘सबै बन्धकलाई तत्काल छोड, जसको हत्या गरेका छौ उनीहरुको शव पनि फिर्ता गर, नत्र सिद्धिने छौ।’  ट्रम्पले हमास समूह मात्रै नभई गाजाबासी प्यालेस्टाइनीहरुलाई पनि चेतावनी दिए। सुन्दर भविष्यले गाजाबासीको प्रतीक्षा गरिरहेको भन्दै ट्रम्पले त्यसअघि बन्धकहरुलाई त्यहीँ राखिरहने हो भने सबै सिद्धिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ। 

यसैबीच अमेरिकाले युक्रेनसँग अमेरिकी गोप्य सूचना आदानप्रदान गर्न बन्द गरेको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान गर्न बन्द गरेको बताए। उनले ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै आयामहरुबारे सोचविचार गरिरहेको भन्दै गोप्य जानकारी आदानप्रदान गर्न बन्द गरिएको प्रष्ट पारे। 

सम्बन्धित समाचार