२०८३ बैशाख १० गते , विहीबार

इराक पुगेका चार नेपालीको मृत्यु

sajilo news
एजेन्सी
२०८१ फाल्गुन २३ गते , शुक्रबार
इराक पुगेका चार नेपालीको मृत्यु

साउदी ।  वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट-२ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङ रहेका छन्। 

उनीहरुको सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण इराकको बगदाद, कुर्दिस्तान र सुलेमानियामा मृत्यु भएको हो। एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार मृतक नेपालीको शव तत्काल नेपाल पठाउनको लागि सम्बन्धित निकायमा खबर गरिएको छ। पछिल्लो समयमा अवैधानिक रूपमा इराक पुगेका नेपालीहरूको मृत्यु हुने सङ्ख्या बढ्दो रहेको उनले बताए। साथै दुतावास नभएकोले गर्दा नेपाल शव पठाउन कठिन रहेको उनको भनाइ छ।

सरकारले इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै छ। यस्तो अवस्थामा नेपालीहरू समस्यामा पर्दा एनआर एन सहयोग लागि सदैव तयार उनको भनाइ छ।

 

सम्बन्धित समाचार