२०८३ बैशाख १० गते , विहीबार

भारतमा ट्याङ्की सफा गर्दा निसास्सिएर चार कामदारको मृत्यु

sajilo news
बीबीसी
२०८१ फाल्गुन २६ गते , सोमबार
भारतमा ट्याङ्की सफा गर्दा निसास्सिएर चार कामदारको मृत्यु

भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ। निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको जनाइएको छ। मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको हो।

सम्बन्धित समाचार