२०८३ बैशाख १० गते , विहीबार

ह्वाइट हाउसबाहिर आत्मघाती हमला गर्न पुगेका व्यक्तिलाई गोली हानी मारियो

sajilo news
बीबीसी
२०८१ फाल्गुन २६ गते , सोमबार
ह्वाइट हाउसबाहिर आत्मघाती हमला गर्न पुगेका व्यक्तिलाई गोली हानी मारियो

वासिङटन डिसी :  आइतबार बिहान ह्वाइट हाउस बाहिर एक व्यक्तिलाई गोली हानी मारिएको अमेरिकी गोप्य सेवाले एक विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा स्थानीय प्रहरीले एक जना व्यक्ति 'आत्मघाती हमला गर्ने सोचमा रहेका र इन्डियानाबाट वाशिंगटन डीसी आएका व्यक्ति हुनसक्ने' सूचना दिएको जनाइएको छ।

सूचनामा दिएकै विवरणसँग मेल खाने मानिस र ऊसँग हतियार देखिएकोले उक्त व्यक्तिलाई गोली हानी मारिएको जनाइएको छ। 

गोप्य सेवाले उक्त व्यक्ति अहिले "अज्ञात" अवस्थामा अस्पतालमा रहेको बताएको छ।  यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा उपस्थित थिएनन्।

सम्बन्धित समाचार