२०८३ बैशाख ४ गते , शुक्रबार

एमालेले दमकमा चैत ३० गते बृहत जनसभा गर्ने

sajilo news
झापा
२०८१ चैत्र १५ गते , शुक्रबार
एमालेले दमकमा चैत ३० गते बृहत जनसभा गर्ने

नेकपा (एमाले)ले चैत ३० गते झापाको दमकमा बृहत् जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिए ।

दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले बृहत् जनसभाको तयारी गरेको बताए । जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको धारणा उनले व्यक्त गरे । उनले नेकपा एमाले, नेपाली काँग्रेस उपलब्धि रक्षाका लागि चुप लागेर नबस्ने बताए ।

नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्त्वहरू सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए । जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरू मुलुकको विकल्प हुन नसक्ने उनको दाबी छ । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाइएको उनको ठहर छ ।

नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्त्वहरूले मुलुकमा अवाञ्छित गतिविधिहरू गरेको आरोप छ ।

बृहत् जनसभामा २ हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा एमालेका नेता, कार्यकर्ता र सदस्यहरू परिचालित हुने जानकारी दिए । जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार