२०८३ बैशाख १० गते , विहीबार

म्यान्मा र थाइल्यान्डमा शक्तिशाली भूकम्प

sajilo news
एजेन्सी
२०८१ चैत्र १५ गते , शुक्रबार
म्यान्मा र थाइल्यान्डमा शक्तिशाली भूकम्प

म्यान्मा र थाइल्यान्डमा शक्तिशाली भूकम्प गएको छ। शुक्रबार दिउँसो म्यान्मामा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनहरूलाई क्षति पुर्‍याएको छ भने छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडकमा भाग्न बाध्य पारेको छ ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

समाचार एजेन्सीका अनुसार लेन चौडा राजमार्गहरू भएको एक फराकिलो म्यान्माको राजधानी न्यापिडोमा भवनहरूका छतका टुक्राहरू खस्दै सडकहरू भत्किएका छन् । वर्दीधारी कर्मचारीहरू बाहिर दौडिँदा घरको छत र भित्ताबाट टुक्राहरू खसेका थिए । तिनीहरूमध्ये कोही काँपेका र आँसुले भरिएका थिए भने अरूले प्रियजनहरूलाई सम्पर्क गर्ने प्रयास गर्न सेलफोन समातेका थिए ।

स्थिर हुनुअघि करिब आधा मिनेटसम्म जमिन  कम्पन भयो । भूकम्पपछि हताहतको तत्काल कुनै खबर आएको छैन तर, भूकम्पले उत्तरी थाइल्यान्डका नजिकैका सहरहरू र राजधानी बैंककसम्म आतङ्क फैलायो । भूकम्पले बैंककका भवनहरूलाई क्षति पु¥याएको छ र केही मेट्रो र लाइट रेल सेवाहरू निलम्बित गरिएको छ ।

सम्बन्धित समाचार