२०८३ बैशाख १० गते , विहीबार

म्यान्मा र थाइल्याण्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

sajilo news
एजेन्सी
२०८१ चैत्र १६ गते , शनिबार
म्यान्मा र थाइल्याण्डमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

म्यान्मा र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । भूकम्पमा परी १ हजार ७ जनाको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । भूकम्पबाट घाइते हुनेहरुको संख्या २ हजार ३ सय ८९ पुगेको छ । जुन्टा सरकारका अनुसार ३० जना बेपत्ता छन् । भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा १ हजार ५ सय ९१ घरमा क्षति पुगेको छ । मन्डाले क्षेत्रको एक भवनमा कम्तीमा ९० जना फसेको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण थाइल्यान्डको राजधानी बैंककमा पनि केही मानिसले ज्यान गुमाएका छन् । थाई उपप्रधानमन्त्री अनुतिन चार्नविराकुलले भग्नावशेषमा फसेका कम्तीमा १५ जना मानिसको जीवितै उद्धारको प्रयास भइरहेको जनाएका छन् । उनका अनुसार कम्तीमा सय जना हराइरहेका छन् ।

शुक्रबार दिउँसो म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भीय सर्वेक्षण ९युएसजीएस० का अनुसार त्यसको केही मिनेटमा सोही क्षेत्रमा ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
युएसजीएसका अनुसार भूकम्पको गहिराइ जमिनको सतहबाट १० किलोमिटर तल थियो । भूकम्पको केन्द्रबिन्दु म्यानमारको मण्डले सहरबाट १७ किलोमिटर टाढा पर्छ । मन्डाले सहरमा करिब १५ लाखको बसोबास छ ।

सम्बन्धित समाचार